घटना-दुर्घटना

राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

इकागज |
मंसिर १८, २०७९ आइतबार ११:४३ बजे

बुटवल । राप्ती नदीमा डुबेर दुईकाे मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान फेला परेको हो। उनीहरु नुहाउन गएको र त्यही क्रममा डुबेको प्रहरीले जानकारी दिएको छ ।



Author

थप समाचार
x