घटना-दुर्घटना

हेटौंडामा ट्रक दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

इकागज |
पुस १५, २०७९ शुक्रबार २०:५९ बजे

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौरका ३० वर्षीय विक्रम बम्जन रहेका छन् । हेटौंडा अस्पतालमा उपचारका क्रममा बम्जनको मृत्यु भएको हो । 


घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया हिरामाया लोप्चन, ट्रक चालक बाराको निजगढ-९ का २५ वर्षीय सूर्यबहादुर घिमिरे र ट्रकमा सवार अन्दाजी २० वर्षीय युवकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको ट्रक सोही दिशातर्फ जाँदै गरेको  ना२२प ९९७७ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ८ बजे ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x