घटना-दुर्घटना

चितवनमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

इकागज |
पुस २९, २०७९ शुक्रबार १७:२८ बजे

प्रतिकात्मक तस्वीर

चितवन । चितवनको रत्ननगरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्यु भएको हो । 

मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महताे गम्भीर घाइते भएका छन् । महताेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।


शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । 

दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x