घटना-दुर्घटना

भिरबाट लडेर वृद्धाको मृत्यु

इकागज |
माघ ३, २०७९ मंगलबार १४:५५ बजे

फाइल फोटो

पाल्पा - पाल्पाको रैनादेवीछहरा गाउँपालिका–६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भिरबाट लडेर मृत्यु भएको छ । 
    
मंगलबार घर नजिकै रहेको नेप्टा भिरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । घटनाका सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



Author

थप समाचार
x