घटना-दुर्घटना

मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

इकागज |
चैत २, २०७९ बिहीबार १६:५२ बजे

मकवानपुर । मकवानपुर जिल्ला  मनहरी गाउँपालिका ६ नयाँ बस्तीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

पूर्व-पश्चिम सडक खण्डमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख १३२६  न.को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ । 


घटनापछि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक  कृष्ण राज ढकालको नेतृत्वमा परिचालित प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।

 घाईतेहरूको उद्धार गरी भरतपुर अस्पताल पठाईएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।


Author

थप समाचार
x