घटना-दुर्घटना

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
चैत १३, २०७९ सोमबार १६:४२ बजे

फाइल फोटो

धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् । ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । 



Author

थप समाचार
x