घटना-दुर्घटना

कैलालीमा छुट्टाछुट्टै घटना, दुई जनाको मृत्यु

इकागज |
भदौ ३, २०८० आइतबार १७:२८ बजे

सांकेतिक तस्विर

धनगढी - कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु हो।

धनगढी उपमहानगरपालिका–१२ सी गाँउका ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


त्यस्तै, कैलारी गाउँपालिका–९ बनकनरीका ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिबार पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x