घटना-दुर्घटना

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना कामदार घाइते

इकागज |
भदौ २२, २०८० शुक्रबार १३:५१ बजे

सुर्खेत- रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको ट्याक्टर दुर्घटना  भएकाे हो । कामदार राखेर चौरजहारीतर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते हुनेमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का २४ वर्षीय निर्मल थापा, सोही गाउँका २२ वर्षीय पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका-५ का २१ वर्षीय कृष्ण मगर, सोही ठाउँकै २१ वर्षीय पेशल मगर, २३ वर्षीय सुशील राई र २१ वर्षका सागर राई रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । घाइतेहरू ६ जना नै चौरजहारी नगरपालिका-१ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू रहेको प्रहरीले जनाएको छ ।


घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का जानकारी दिए । 


 


Author

थप समाचार
x