घटना-दुर्घटना

धरानका उपमेयरका भाइमाथि खुकुरी प्रहार

इकागज |
भदौ २६, २०८० मंगलबार २०:६ बजे

फाइल फोटो

विराटनगर - धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ। धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको हो।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाले घरमै आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ।


धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए। घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
 


Author

थप समाचार
x