घटना-दुर्घटना

बैतडीमा एक बालिका मृत फेला

इकागज |
भदौ ३०, २०८० शनिबार १९:१३ बजे

फाइल फोटो

बैतडी - बैतडीमा एक बालिका शनिबार मृत फेला परेकी छिन्।

जिल्लाको दशरथचन्द  नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्।


जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको  अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता खत्रीले बताए।


Author

थप समाचार
x