घटना-दुर्घटना

नरैनापुरमा डुबेर बालिकाको मृत्यु

इकागज |
असोज ४, २०८० बिहीबार १९:१० बजे

फाइल फोटो

नेपालगन्ज - बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ ।

स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस



Author

थप समाचार
x