घटना-दुर्घटना

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

इकागज |
असोज १०, २०८० बुधबार १९:२० बजे

फाइल फोटो

बैतडी -  करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको बुधबार मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा मृत्यु भएको हो। गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।


नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल कीर्तिपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो।


Author

थप समाचार
x