घटना-दुर्घटना

सवारी दुर्घटनामा दुईको मृत्यु, एकजना गम्भीर घाइते

इकागज |
कात्तिक १४, २०८० मंगलबार २१:४३ बजे

धुलिखेल- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ की शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस


Author

थप समाचार
x