घटना-दुर्घटना

जोमसोम जाँदै गरेका जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १९:४७ बजे

पोखरा- मुस्ताङको जोमसोम जाँदै गरेका एक जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

सडकदेखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।

चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएका म्याग्दीका प्रहरीकाे भनाइ छ ।

जर्मन नागरिकको मृत्यु भएपछि सनाखत गर्न राइडरहरू शुक्रबार बेनी अस्पताल पुगेका थिए ।


Author

थप समाचार
x