घटना-दुर्घटना

ट्रकको​ ठक्करबाट एक जनाको मृत्यु

इकागज |
मंसिर ३, २०८० आइतबार २०:४ बजे

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की निरा बजगाई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो हेटौंडा-६ शान्तिटोलस्थित कान्तिलोकपथ सडक खण्डमा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लोड गरेको ना ७ ख १८१६ नं.को ट्रक हेटौंडातर्फ आउँदै गर्दा पैदलयात्री ३८ वर्षीया बजगाईलाई ठक्कर दिँदा घटनास्थल मै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।  


बाटो क्रस गर्ने क्रममा बजगाईलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Author

थप समाचार
x