घटना-दुर्घटना

रुपन्देहीमा सडक दुर्घटनामा सहकारी अभियन्ता देवकोटासहित दुई जनाको मृत्यु

इकागज |
मंसिर ४, २०८० सोमबार १८:३ बजे

बुटवल- रुपन्देहीमा सडक दुर्घटनामा परी सहकारी अभियन्ता माधवलाल देवकोटासहित दुई जनाको मृत्यु भएको छ । आज साेमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेका मोटरसाइकलमा सवार देवकोटालाई पछाडिबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्बरको मोटरसाइकलमा जाँदै गरेका देवकोटासँगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।


तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत संघसंस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार समेत हुन् ।


Author

थप समाचार
x