घटना-दुर्घटना

दाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

इकागज |
मंसिर ९, २०८० शनिबार २१:५१ बजे

दाङ- दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जाँदै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो ।

सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

दुर्घटनामा ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएका छन् । प्रहरीले ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x