घटना-दुर्घटना

पाँचखालमा मोटरसाइकल दुर्घटना : अरनिको राजमार्ग सुचारू, ठक्कर दिने गाडी समातियो

इकागज |
मंसिर २८, २०८० बिहीबार १०:२९ बजे

काठमाडौं - काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएपश्चात् अवरूद्ध अरनिको राजमार्ग सुचारू भएको छ । 

दुर्घटनामा काभ्रेकै रूपक खत्री मृत्यु भएको थियो । उनको आफन्त घटनास्थल पुगेर शव बुझेसँगै स्थानीयले अवरोध गरेको राजमार्ग सुचारू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


बिहीबार(आज) बिहान पाँचखाल नगरपालिका वडा नम्बर ६ मा उक्त दुर्घटना भएको थियो । प्रहरी कार्यालयको अनुसार बा ८७ प ६४१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । 

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन पनि पहिचान गरिसकेको छ ।  प्र.३–०१–००५ ख ९७०३ नम्बरको डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x