घटना-दुर्घटना

म्याग्दीमा ७० वर्षीया वृद्धाको हत्या, दुईजना गम्भीर घाइते

इकागज |
पुस २१, २०८० शनिबार १६:१२ बजे

फाइल तस्बिर

बेनी- म्याग्दीको मालिका गाउँपालिका-७ बिमवाङमा आज दिउँसो ढुंगाको छपनी प्रहार गरेर एक वृद्धाको हत्या भएको छ । भने, दुई जनालाई चिर्पटले हानेर घाइते बनाएका छन् । 

छप्पनी प्रहार गरेर मालिका-७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । प्रियंका मनिषाकी नातिनी र अमृता छिमेकी हुन् । मनिषालाई छप्पनी प्रहार भएको देखेर बचाउन गएपछि उनीहरूलाई घाइते बनाइएको हो ।

घाइते दुई जनालाई दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

प्रियंकाको अवस्था गम्भीर रहेको छ । एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x