घटना-दुर्घटना

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

इकागज |
पुस २८, २०८० शनिबार १४:२५ बजे

ढोरपाटन (बागलुङ)- बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।


दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । रासस


Author

थप समाचार
x