घटना-दुर्घटना

मोटरसाइकलको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु

इकागज |
पुस २८, २०८० शनिबार १९:३५ बजे

बिर्तामोड- झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

झापा गाउँपालिका-५ का ३२ वर्षीय गुणा राजवंशीको मृत्यु भएको प्रहरीको भनाइ छ ।


शुक्रबार साँझ झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा ललितपुर सातदोबाटोका दीपक शङ्कर सवार बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकलमा सवार राजवंशीलाई ठक्कर दिएको थियो । घाइते राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


Author

थप समाचार
x