घटना-दुर्घटना

झापामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, चार घाइते

इकागज |
पुस २८, २०८० शनिबार २०:५७ बजे

काठमाडौँ- झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा शनिबार साँझ कार र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


कारमा ३ जना र मोटरसाइकलमा २ जना सवार थिए । घाइते चार जनाको बिर्तामोडमा उपचार भइरहेको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नम्बरको कार ठोक्किएको थियो ।


Author

थप समाचार
x