घटना-दुर्घटना

दोहोरी साँझ गएका देउवाको कुटपिटबाट मृत्यु, ६ जना पक्राउ

इकागज |
पुस २९, २०८० आइतबार १२:१५ बजे

फाइल तस्बिर

धनगढी - कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


२५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरुले घर लगिदिएका थिए । यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको  निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भयो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् ।  
 


Author

थप समाचार
x