घटना-दुर्घटना

पाटे बाघको आक्रमणबाट दुई जना घाइते

इकागज |
फागुन ९, २०८० बुधबार १९:५५ बजे

बारा - पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्। 

बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएका हुन्।


पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक मोटरसाइकलमा सवार उनीहरुलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते कृष्ण साहा बनियाले बताए।

बाघले आक्रमणपछि सडकमा लडेका उनीहरूलाइ त्यस रुटमा चल्ले बसका रहेका यात्रुले थप उद्धार गरेको कारण बाघ पुनः जंगलमा भागेको थियो। 

बाघको आक्रमणमा परी राजुको दायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागेको छ। चालक कृष्ण भने सडकमा लडेको हुँदा दुवै हातमा चोट लागेको छ।

घाइते दुवैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।


Author

थप समाचार
x