घटना-दुर्घटना

करेन्ट लाग्दा एक जनाको मृत्यु

इकागज |
फागुन ९, २०८० बुधबार २०:१२ बजे

फाइल फोटो

भक्तपुर - भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ । 


बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  
 


Author

थप समाचार
x