घटना-दुर्घटना

धादिङ पहिरो : ४ दिन बित्यो, अझै भेटिएनन् बेपत्ता

इकागज |
माघ २, २०७८ ११:७ बजे

काठमाडौं– गएको विहीबार धादिङको रुबी भ्याली गाउँपालिका–१ मा गएको पहिरोले परिएकाहरूको अव अझै फेला परेको छैन। पहिरो गएको ४ दिन बित्दासमेत एक जनाको शव भेटिएको हो ।

पहिरोले एक डोजरसहित तीन जनालाई पुरेको थियो । बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।  


उनका अनुसार शनिबार अपराह्न डोजरका सहचालक राजु तामाङको शव फेला परेको थियो । उनी काभ्रेका हुन्। पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङ अझै फेला नपरेका हुन् ।

धादिङ हुँदै रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा आएको पहिरोले बाटो खन्नै गरेको डोजरलाई पुरेको थियो। डोजरसँगै तीन जना पुरिएका हुन्। पहिरो गएको स्थान साँघुरो खोल्सा भएकाले खोजी गर्न समस्या परेको प्रहरीको भनाइ छ।

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीलगायत अझै पहिरोमा पुरिएकाहरूको खोजीमा सक्रिय छन्। 
 


Author

थप समाचार
x