ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
फाइल तस्बिर
काठमाडौँ : ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा २ जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका ३ का २५ वर्षीय विवेक थापा र दंगिशरण गाउँपालिका ४ का २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको जिल्ला प्रहरी जनाएको छ । त्यस्तै मोटरसाइकलमा सवार २४ वर्षीय आकाश कँडेल भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्याक्टरले पश्चिमबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइते थापा र खड्काको कोहरपुल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया