घटना-दुर्घटना

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु

इकागज |
बैशाख ३१, २०७९ शनिबार ८:२९ बजे

काठमाडौँ - सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको मृत्यु भएको हो । 

उनको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । 


घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले जानकारी दिए । घटनाबारे थप अनुसन्धन भइरहेको उनले बताए । 

 


Author

थप समाचार
x