पूर्वाधार

हेटौंडा-काठमाडौँ जाेड्ने वैकल्पिक सडक कान्तिलोकपथ अवरुद्ध

इकागज |
असार २८, २०८० बिहीबार १९:१७ बजे

फाइल तस्बिर

मकवानपुर- हेटौंडाबाट काठमाडौँ जाने वैकल्पिक सडक कान्तिलोकपथ बिहीबार साँझ आएको पहिरोका कारण अवरुद्ध भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडाैँ जाेड्ने कान्तिलाेकपथकाे बकैया गाउँपालिका-११ स्थित सडकखण्डमा वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया ११ सिमातमा साँझ ५ः१० बजेकाे समयमा वर्षासँगै पहाडबाट खसेकाे पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक सुवास खतिवडासहितकाे प्रहरी टोली पुगेको र पहिरो पन्छाउने कार्य भइरहेको कार्कीले जानकारी दिए ।


Author

थप समाचार
x