पूर्वाधार

बेसीँसहर–चामे सडकमा 'अस्फाल्ट' कालोपत्र सुरू

इकागज |
कात्तिक १९, २०८० आइतबार १२:२३ बजे

फाइल फोटो

लमजुङ - उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङको लाईफलाईनसंग जोडिएको बेंसीसहर–चामे सडक कालोपत्र गर्न सुरू गरिएको छ ।

बेसीसहर(चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मको खण्डमा कालोपत्र सुरू भएको हो । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका(९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिको अस्फाल्ट कालोपत्र गर्न सुरू गरेको हो । अस्फाल्ट प्रविधिको कालोपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।


सडक निर्माण भएको २९ वर्षपछि कालोपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालोपत्र भएको फोटो सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालोपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित  २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।

कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुनः एक वर्ष म्याद थप गरि काम अघि बढाईएको छ । 

यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकोमा पछि नेपाली सेनाको कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।

अहिलेपनि कालोपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए । कारखाना


Author

थप समाचार
x