पूर्वाधार

नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

इकागज |
फागुन ७, २०८० सोमबार १३:४१ बजे

फाइल तस्बिर

काठमाडौँ - चितवनको नारायणगढ मुग्लिङ सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । 

उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । नारायणगढ मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणको लागि अप्रोज बनाउन पहाड काट्ने काम भइरहेको छ । 


उक्त खण्डमा करीब ६० मिटर पहाड रहेकोमा गत आर्थिक बर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटरमध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाँकी रहेको उनले बताए । 

उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक बर्ष सम्ममा पुलको स्लायाब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए । 


Author

थप समाचार
x