४५ हजार घुससहित इन्जिनियर पक्राउ

फाइल फोटो
बुटवल - रुपन्देहीमा घुस लिने ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
जिल्लाको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित पक्राउ परेको अख्तियार बुटवलका सूचना अधिकृत भेषराज रिजालले बताए । निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई कार्यालयबाटै पक्राउ गरिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया