अनियमितता

सुन तस्करीः बर्षमान पुनःका विश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

इकागज |
भदौ २५, २०८० सोमबार ८:१९ बजे

काठमाडौं - सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्व मन्त्री पुनका विश्वास पात्र मानिन्छन् । ​


कोरोना कालमा अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्दा समेत खेपिरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परे पछि सीआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।   ​

नायब सुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासन मन्त्री हितराज पाण्डे र समाज कल्याण मन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।  

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वाभाविक आम्दानी गरे पछि हाल उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएकाे छ । उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेका बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणमा अस्वाभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजाे बेलाएर साेधपुछ गरेकाे हाे । बयान नसकिए पछि साेमवार पनि थप बयान हुने जनाइएकाे छ । 

 


Author

थप समाचार
x