अनियमितता

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणका अभियुक्त सुनिल र विकल अख्तियारको नियन्त्रणमा

इकागज |
माघ १०, २०८० बुधबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले दुवैलाई बुधबार पक्राउ गरी अख्तियारको हिरासतमा राखेको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको छ । 


विकल र सुनिल सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् ।


Author

थप समाचार
x