अनियमितता

दमक बालुवाटार जग्गा घोटाला प्रकरण

माओवादी नेता गगन पुरी र उनको परिवारविरुद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति बिगो ?

इकागज |
फागुन १३, २०८० आइतबार १८:५५ बजे

काठमाडौँ- दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन) विरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी कोशी प्रदेश कमिटीका कोषाध्यक्ष पुरीसहितका व्यक्तिमाथि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।

यस्तै, उनकी श्रीमती केशावती पुरीविरुद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको उनले बताए ।

रेवतराजकी आमा मनमाया पुरीविरुद्ध ५ करोड ७० लाख २८ हजार ३८० रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै, देवकुमार पुरीविरुद्ध ५२ लाख ८४ हजार २६०, डिल्लीराम पुरीविरुद्ध ८२ लाख ९२ हजार २८३, देवरुपा पुरीविरुद्ध ४ करोड ३२ लाख ६२ हजार ७८०, ममता पुरी घिमिरेविरुद्ध १ करोड २८ लाख ७० हजार, माया पुरी पाण्डेविरुद्ध १ करोड २० लाख ५७ हजार ५८०, कृष्णकुमार पुरीविरुद्ध ९१ लाख चार हजार ४४०, प्रेमकुमार पुरीविरुद्ध १ करोड ९४ लाख ६३ हजा ३३२, कुलबहादुर पुरीविरुद्ध १ करोड ७ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

यस्तै, मुद्दामा नापी कार्यालय झापाका तत्कालीन प्रमुख स्व. शशिकान्त झा र उनकी श्रीमती अनारदेवी झालाई ३० करोड २ लाख ७१ हजार ९२६ रुपैयाँ बिगो माग गरिएको प्रवक्ता घिमिरेले बताए ।

रेवतराज र उनकी श्रीमती केशावतीलाई यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

 


Author

थप समाचार
x