साहित्य

एन.बी. अन्जानको “मौसम” सार्वजनिक

इकागज |
भदौ २१, २०७९ मंगलबार २१:२६ बजे

काठमाडौँ - चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा  ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको ।

महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।


अन्जानको गजलमा यो तेस्रो कृति हो । `मरुभूमि साहित्य यात्रा` गजल संग्रह, `आहुति` गजल संग्रह, `आधा इन्चु` हाइकु एसिया कै सानो कृति, `कोपिला`  नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकका लेखक हुन् अन्जान ।

यस पुस्तकको लेआउट तथा डिजाइन मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले गरेको हो भने मौसम दुई प्रकारबाट बजारमा आएको छ । 


Author

थप समाचार
x