साहित्य

कविता

कविता जस्तै लाग्ने कविता

"अतीत"अशोक दवाडी |
पुस ३०, २०७९ शनिबार १९:६ बजे

माया के को थियो ?

माटोको ?
बाआमाको ?
घर परिवारको ?


हैन,
हैन,

दिनदिनै उदाउँदो घामसँगै
हुर्किदै
फेरि
डुब्न लाग्ने बेलाको घामको जस्तै
भोलि हुन्छ भन्ने
सपनाको ?

अँ, साँच्चै धुम्म परेको साँझमा
तुषारोसँग गमक्क परेको जून
कि उसको 
अन्धकारसँगको प्रेमको ?

थियो के को ?

फगत फर्फराइरहेका 
स्वार्थ पार्टीका निस्वार्थ झण्डाको ?

कि कविताका आकार दिन 
केरमेट गरेर 
कनिकुथी दुई चार हरफ कोरिएका 
कविता जस्तो लाग्ने
कविताको ?

बस माया थियो 
प्रस्ट देखिने 
सजीव देखिने
गज्जबको ।


Author

थप समाचार
x