साहित्य

हामीले के पायौं ?

विष्णु प्रसाद घिमिरे |
पुस १४, २०८० शनिबार १३:२ बजे

कहिले बा आए 
कहिले काका आए 
कहिले दाई आए 
कहिले ठुल्दाइ आए 
कहिले माल्दाइ आए 
कहिले सान्दाइ आए 
तर परिवारको सदस्य कहिल्यै आएन ।

कहिले समाजवाद आयो 
कहिले पूँजीवाद आयो 
कहिले मार्क्‍सवाद आयो 
कहिले लेनिनवाद आयो 
कहिले निंरकुशवाद आयो 
पटक पटक अनेक वाद आयो
तर जनवाद कहिल्यै आएन ।


कहिले विकास आयो 
कहिले समानता आयो 
कहिले समृद्धि आयो 
कहिले अधिकार आयो 
कहिले शिक्षा आयो 
तर आफ्नो पन कहिल्यै आएन । 

कहिले चुल्हो चुल्हो मा ग्याँस आयो 
कहिले कोठा कोठामा बिजुली आयो 
कहिले डाँडा पाखा मा बाटो घाटो आयो 
कहिले चोक चोक मा रोजगारी आयो 
कहिले गाँउ गाउँमा सिंहदरबार आयो 
तर मुखमा माड कहिल्यै आएन ॥ 

कोहीले झापड खाए 
कोहीले कुर्ची खाए 
कोहिले जुत्ता खाए 
कोहीले खोया खाए 
कोहीले मुसो लाए 
तर पनि जनताले आफ्नो देश पाएन ।

बिष्णु प्रसाद घिमिरे
मिए, जापान


Author

थप समाचार
x