नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

अध्यक्ष दाहालको प्रतिवेदनमाथि ११ वटा समूहले निष्कर्ष सुनाए, १४ समूहले भोलि सुनाउने

इकागज |
पुस १४, २०७८ बुधबार १७:४७ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि ११ वटा समूहले निष्कर्ष सुनाएका छन् । 

बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । 


उनका अनुसार बुधबार प्रदेश १ को दुई समूह, प्रदेश २ को एक समूह, बागमती प्रदेशको दुई समूह मध्ये एक समूह , गण्डकी प्रदेशको एक समूह, कर्णाली प्रदेशको एक समूह, सूदुरपरिश्चम प्रदेशको एक समूह र बिभाग, प्रवास, सल्लाहकार र आयोगको समूह निष्कर्ष पेश भएको छ । 

प्रस्तुत सुझावमा फरक मत नआएको र बिभिन्न बिषयमा सुझाव पेश भएको प्रवक्ता महराले जानकारी दिए । बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने र अध्यक्षले जवाफ दिने उनले बताए । उनले शुक्रबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने जानकारी दिए ।  

पदाधिकारीसहित केन्द्रीय समिति चयनका लागि महाधिवेशन केही दिन लम्बिने बताए ।   


Author

थप समाचार
x