नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

'माओवादीमा पनि 'बा' प्रवृति देखियो'

इकागज |
पुस १५, २०७८ बिहीबार १५:५५ बजे

काठमाडौँ - माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादीमा पनि बा प्रवृति देखिएको बताएका छन् । अधयक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि आज (बिहीबार) फरक मत राख्दै न्यौपानेले ओलीको बा प्रवृति माओवादीमा पनि देखिएको बताएका हुन् । 

'हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ', उनले भने । 


'आफै सशरिर उपस्थित भएको ठाँउमा अधयक्ष दाहालको लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो', उनले प्रश्न गरे । अध्यक्ष दाहालले हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै नसुनिएको तर म, मेरो, मेलै, प्रचण्डले भन्ने जताततै सुनिएको उनको आरोप छ । 

नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको र हामी भन्ने एक ठाउँमा मात्रै रहेकोले पनि बा प्रवृति देखिएको न्यौपानेको भनाइ छ । 


 


Author

थप समाचार
x