नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

दाहालको प्रस्तावविरुद्ध हरिबोल गजुरेलको १९ बुँदे लिखित सुझाव

इकागज |
पुस १६, २०७८ शुक्रबार १३:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । 

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष दाहालले वैचारिक तथा राजनीतिक प्रतिवेदन र  नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् । 


आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष दाहालले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ । 


Author

थप समाचार
x