नेकपा (माओवादी केन्द्र) महाधिवेशन विशेष

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीले गर्‍याे रिहाइको अपिल

इकागज |
पुस २०, २०७८ मंगलबार १२:९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले ‘जनयुद्धकालीन मुद्दा’मा आफ्ना तीन कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।

मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई ‘जनयुद्धकालीन मुद्दा’ पक्राउ गरी बन्दी बनाएपछि माओवादीले आपत्ति जनाएको हो । 


सो घटनालाई लिएर माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको छ । 

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क. झलक भगत, गोरखाका क. विक्रम गुरुङ र कालिकोटका क. सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न  जोडदार माग गर्दछ ।’ 

माओवादी महाधिवेशनले ४५ वटा समसामायिक प्रस्ताव पारित गर्ने क्रममा उक्त पक्राउ घटनालाई सम्बोधन गरेको हो । 
 


Author

थप समाचार
x