संगीत

बेलायतमा जमेका म्युजिक भिडियो निर्देशक

इकागज |
जेठ १२, २०७९ बिहीबार १३:३२ बजे

काठमाडौँ-  यतिखेर बेलायतमा एकपछि अर्को म्यूजिक भिडियो निर्देशनले भ्याइनभ्याइ छ युवा निर्देशक कुशल श्रेष्ठलाई । कुशलका आधा दर्जन नेपाली म्यूजिक भिडियो रिलिजको पर्खाइमा छन् भने तीनवटा निर्माणाधिन छन् । तर, यो साता उनले आफ्नो करिअरको दुई दशक अवधिमा पहिलोपटक एउटा महत्वकांक्षी प्रोजेक्ट गरे ।

इटालियन गायिकाको अंग्रेजी गीतमा कुशलले म्युजिक भिडियो निर्देशन गरे लन्डनमा । इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा कुशलले म्युजिक भिडियो निर्देशन गरेका हुन् । टिनएज इटालीमै बिताएकी फेडस्टारले ५ वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन् ।


गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्यूजिक भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन् । कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्युजिक प्रोड्युसर हुन् सर्जिओ कार्कासी । उक्त गीतको बीचतिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिंग छ ।

'मैले आफ्नो २ दशकको करिअरमा पहिलोपटक अंग्रेजी म्युजिक भिडियोको निर्देशन, छायांकन र सम्पादनको सम्पूर्ण जिम्मा लिने अवसर पाउँदा ज्यादै खुसी छु', कुशलले अनुभव सुनाए, 'उनीहरु एकदम व्यवसायिक थिए । पारिश्रमिकसहित छायांकन समय, लोकेशन र प्रोजेक्ट समापन सबै सम्झौता गरेर काम गर्दा थप दायित्ववोध महसुस गरें ।'

विगतमा पनि भारतीय, बंगाली, पाकिस्तानी साथै अंग्रेजी प्रोजेक्टमा काम गरेपनि अंग्रेजीको सम्पूर्ण जिम्मेवारी लिएको यो पहिलो भएको कुशल बताउँछन् । 'पन्जाबी गीतमा काम गर्दा प्रभावित भएर त्यसका गायकले उनीहरुलाई सिफारिस गरेका रहेछन्, कुशल भन्छन्, 'मैले आफ्नो निर्देशकीय क्षमता पूर्ण रुपमा लगाएको छु । उनीहरु मेरो कामबाट प्रभावित भएका छन् ।'

म्युजिक भिडियो छायांकन सेन्ट्रल लन्डन आसपासमै गरिएको हो । उनले आउंदो महिना उर्दु गीतमा समेत म्यूजिक भिडियो बनाउन कुराकानी भइरहेको जनाए । लायतका 'हाइल्ली डिमाण्डेड' निर्देशक तथा सञ्चारकर्मी कुशल विदेशमा बसेर पनि निरन्तर कलाकारितामा समर्पित हुने सम्भवतः पहिलो श्रष्टा हुन् ।


Author

थप समाचार
x