संगीत

सिनेमादेखि स्कुलसम्ममा रसियन संगीत प्रतिबन्ध लगाउने युक्रेनको घोषणा

इकागज |
असार ६, २०७९ सोमबार १०:३९ बजे

लन्डन - युक्रेनको संसद्ले सञ्चारमाध्यम तथा सार्वजनिक ठाउँमा रसियन संगीत बजाउन नदिने प्रस्ताव पास गरेको छ । तर यो प्रतिबन्ध सबै रसियन संगीतमा भने लागू हुने छैन । सन् १९९१ पछि रसियामा जन्मिएका कलाकारले सिर्जना गरेका संगीतलाई मात्र प्रतिबन्धको निर्णय गरेको हो ।

तर युक्रेनले रसियाको युक्रेनमाथि आक्रमणको विरोध गर्ने कलाकारले भने प्रतिबन्ध हटाउन निवेदन दिने सक्नेछन् । युक्रेनले संसदबाट पास गरेको निर्णयले रसिया र बेलारुसबाट आयात हुने किताबमा पनि लागू हुनेछ । 


युक्रेनको पूर्व र दक्षिणभेगमा बस्ने मानिसको रुसी भाषासँग गहिरो लगाव छ । यहाँका धेरै बासिन्दाले रुसी भाषा नै पहिलो भाषाको रुपमा बोल्छन् । आइतबार पास भएको विधेयकले टेलिभिजन, रेडियो, स्कुल, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमा आदिमा प्रतिबन्ध लगाएको हो । सन् १९९१ मा युक्रेन रुससँग छुट्टिएर बेग्लै राष्ट्र बनेको थियो ।  


Author

थप समाचार
x