संगीत

पहिलो सांगीतिक भ्रमणको तयारीमा अंकिता

इकागज |
साउन ८, २०८० सोमबार १२:४७ बजे

काठमाडौँ-  ‘माइली’ गीतबाट चर्चा कमाउन सफल गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक हुने भएको छ । एल्बमको पोस्टर सार्वजनिक गर्दै ‘माइली’ एल्बम सार्वजनिक गरेसँगै गायिका पुनले आफ्नो पहिलो सांगीतिक भ्रमण पनि गर्ने भएकी छिन् ।

भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो हप्तादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ । त्यसपछि नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरुमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको यस सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले जानकारी दिए । 


‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन् । सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीन वटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । एल्बमका बाँकी चार गीतहरुको म्युजिक भिडियो क्रमशः सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले बताए ।

गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यहरुले साथ दिने छन् । सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गितारिस्ट सुमन प्रधान, सुशन जंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए । इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्ने छन् ।

‘रकिङ फिलिली’ ले आफ्ना ओरिजिनल गीतहरु पनि स्रोताहरुलाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ । अंकिता पुनको सांगीतिक भ्रमणमा सहयोग गर्न गितार सप म्युजिक पार्टनरका रुपमा रहेको छ । भ्रमणलाई कम्युनिकेसन्समा फस्र्ट लिंक र आइटीमा ओमकार कम्प्युटर्सले सघाउने छ। 


Author

थप समाचार
x