संगीत

एडिलेडमा दर्शकलाई सुगमको माइक झटारो, सुगम भन्छन्, ‘त्यो क्रियाको प्रतिक्रिया थियो ।’

इकागज |
कात्तिक १९, २०८० आइतबार १०:७ बजे

काठमाडौँ - गायक सुगम पोखरेलले एडिलेड कन्सर्टमा दर्शकलाई माइकले झटारो हानेका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन् । अष्ट्रेलियाको एडिलेडमा कन्सर्टका लागि उपस्थिति सुगमले शनिबार भूकम्पमा परी दिवंगत भएकाका नाममा एक मिनेट मौन धारणका लागि अनुरोध गरेका थिए । यही क्रममा विवाद बढ्दै गएपछि सुगमले दर्शकलाई ताकेर झटारो हानेको भिडियोहरूमा देखिएको छ । 

झटारो हानेको कुराले विवाद सिर्जना गरेपछि आइतबार सुगम पोखरेलले टिकटकमा भिडियो राख्दै दर्शकले मौन धारण गरौँ भन्दा नमानेपछि ‘रियाक्सन’ दिएको बताएका छन् । ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि दुख्छ । अहिले भुइँचालोका कारण देश दुखिरहेको छ । हिजोको कार्यक्रममा मौन धारण गरौँ भन्दा के भयो त्यो तपाईँहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहान्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु,’सुगमले भिडियोमा भनेका छन् । 


सुगम अहिले अष्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गरिरहेका छन् । यही क्रममा शनिबार उनले एडिलेडमा गीत गाउने कार्यक्रम थियो । 
 


Author

थप समाचार
x