संगीत

बलिउड गीतकार समीर भन्छन्- अब नेपालका बारेमा धेरै कुरा लेख्ने छु

इकागज |
मंसिर ३, २०८० आइतबार १४:३७ बजे

काठमाडौँ- बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । काठमाडौँको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।

समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन् । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।


कार्यक्रममा बोल्दै समीरले नेपाली भाषा धेरै प्रिय रहेको बताए । उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए । उनले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरै कुरा लेख्ने प्रतिबद्धता जनाए ।

गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।


Author

थप समाचार
x