संगीत

सञ्चारकर्मी सहदेव चौधरीकाे ‘चोखो माया' सार्वजनिक

इकागज |
पुस ३, २०८० मंगलबार १६:१३ बजे

काठमाडौँ- सञ्चारकर्मी सहदेव चौधरीले लेखेकाे ‘चोखो माया'​ बाेलकाे गीत सार्वजनिक भएकाे छ । चौधरीकाे शब्दमा रहेकाे उक्त गीतमा संगीता राना प्रधानको स्वर रहेकाे छ ।

प्रेमका आग्रह गरिएको भावको यो गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्दै आएका छन् ।  ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत भएकाे उनले बताए ।


आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए ।

 


Author

थप समाचार
x