संगीत

गीतकार खतिवडाको हिन्दी गीतको किताब 'कैसा मन मस्ताना प्यारे' बजारमा

इकागज |
चैत २०, २०८० मंगलबार १४:३४ बजे

काठमाडाैँ - गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब 'कैसा मन मस्ताना प्यारे' प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् ।

यस कृतिमा दुई सय वटा हिन्दी गीतहरू रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ, यसको मूल्य भारु.२०० रहेको छ । गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् । गीतकार खतिवडा भन्छन् - प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।


ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस कृति भारतीय पाठकहरू बीच लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् ।

उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन् । शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरूमा प्रेमका विविध स्वरुपहरूलाई विभिन्न आयामहरूबाट व्याख्या गरिएको छ ।

यो गीत संग्रह रोमान्टिक गीतहरूको दस्तावेज नै बन्न पुगेको छ । गयात्मक र लयात्मकताले कृतिको ओज बढेको छ । खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृतिलाई निकै महत्वका साथ हेरिएको छ ।


Author

थप समाचार
x