संगीत

निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद

इकागज |
चैत २६, २०८० सोमबार १६:१६ बजे

फाइल तस्बिर

काठमाडौँ  - गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धविच्छेदको आदेश दिएको छ  । 

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको आदेश दिएको हो ।


२०७७ सालमा निशान र ऋचाबीच विवाह भएको थियो । उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो । 

निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन् । ऋचा मोडलिङ गर्दै आएकी छन् ।
 


Author

थप समाचार
x